गंगा पौडेल (बराल)/नेकपा एमालेको चैत पहिलो साता सकिएको केन्द्रिय कमिटीको बैठकमा एमालेका प्रदेश अध्यक्षहरुले ७५३ स्थानीय तहमध्ये ३४४ तहमा जित्ने दावी गरेका थिए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । त्यही बैठकमा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले १०९ मध्ये ६२ स्थानीय तह जित्ने प्रतिवेदन पेश गरे ।

लुम्बिनी प्रदेशका ४ उप–महानगरपालिका (बुटबल, धोराही, तुल्सीपुर, नेपालगञ्ज), ३१ नगरपालिका र ७४ गाउँपालिका गरी १०९ स्थानीय तह हुन । यसमध्ये गत निर्वाचनमा एमालेले तीन उप–महानगरपालिका, १२ नगरपालिका र २८ गाउँ पालिकासहीत ४३ स्थानीय तह जितेर पहिलो स्थान प्राप्त गरेको थियो । लुम्बिनीका ४ उप–महानगरपालिका मध्ये एउटा (नेपालगञ्ज) राप्रपाले जितेको थियो । यसरी नै नेपाली कांग्रेसले ११ नगरपालिका, २२ गाउँपालिका जितेर ३३ स्थानसहीत दोस्रो स्थान ल्याएको थियो । तेस्रो हुने माओवादीले ६ नगरपालिका, १३ गाउँपालिकासहीत १९ स्थान जितेको थियो । यस्तै संघीय समाजवादी फोरम (वर्तमान जसपा)ले ६ गाउँपालिका, स्वतन्त्रले ३ स्थानीय तह (२ नगरपालिका, (कृष्णनगर र लुम्बिनी सांस्कृतिक) तथा १ (शुद्धोधन गाउँपालिका), राष्ट्रिय जनमोर्चाले २ गाउँपालिका, फोरम लोकतान्त्रिकले २ गाउँपालिका र राप्रपाले १ उप–महानगरपालिका (नेपालगञ्ज) जितेको थियो ।
०७४ सालको स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशको परिणाम

लुम्बिनी प्रदेशको विशेषता
यो प्रदेशको रुकुमपूर्वका तीन वटै स्थानीय तहमा माओवादीले एकलौटी जित हासिल गरेका छ । जहाँ अन्य दलको झिनो उपस्थितिमात्र छ । भुमे, उत्तरगंगा, सिस्ने गाउँपालिकामा अन्य दलको उपस्थिति झिनोमात्र छ ।
माओवादीले रोल्पा जिल्लाको रोल्पा नगरपालिकासहीत ६ गाउँपालिकामा बर्चस्व स्थापित गरेको छ । परिवर्तन, थवाङ, माडी, सुकीदह गाउँपालिकाहरुमा एक छत्र बर्चस्व कायम गरेको छ ।
प्रदेशमा स्वतन्त्र उम्मेदवारले लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिका जितेका थिए । साविक संघीय समाजवादी फोरम (जसपा) गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, वर्दिया, नवलपरासी जिल्लाका कुनै स्थानीय तहमा निल भएको थियो । माओवादीले पाल्पा, कपिलबस्तु र बाँकेमा कुनै तह जित्न सकेन ।
राप्रपाले बाँकेको नेपालगञ्ज उप–महानगरपालिका बाहेक कुनै तह जित्न सकेन । राष्ट्रिय जनमोर्चाले प्युठानका दुई गाउँपालिकामात्र जित हासिल ग-यो ।
विघटीत फोरम लोकतान्त्रिकले रुपन्देही र नवलपरासीमा एक एक गाउँपालिकामा (२ स्थानीय तह) जितेको थियो ।
एमालेको फुँइ:

गत स्थानीय निर्वाचनको परिणाम समिक्षा गर्दा एमालेको दावीबीच कतै तालमेल खाँदैन । सग्लो र अविभाजित हुँदा त प्रदेशको ४३ स्थानीय तहको नेतृत्व हात पार्ने एमालेले यसपटक ६२ तह जित्ने कुरा हावादारी मात्र छैन । हारेको ज्वाडेले दाउ नपर्दा फ्याँके कौडा भन्दा फरक छैन । यस प्रकारको फँुई लगाएर ओलीको साखुल्ले हुन त सकिन्छ । तर परिणाम आएपछि सोम शर्माको सातुको कथा सम्झिनु पर्ने हुन्छ । लुम्बिनी प्रदेश जहाँ माओवादी विद्रोहको ज्वारभाटा उठेको थियो । यस्तो प्रदेशमा काकतालीले अघिल्लो चुनावमा दोस्रो हुने चिट्ठा परेपनि यसपटक एमालेको जाली हर्कतले काम गर्ने छाँट छैन । उतिखेर एमालेको कथित राष्ट्रवादको ढ्वाँङ राम्रैसंग बजेको थियो । तर, यताका वर्षहरुमा एमालेको राष्ट्रवादी बर्को उत्रि सकेको छ । एमालेमा नश्लवादी चरित्र मात्र देखिएको छैन, आजको परिवर्तनको एक नम्बर दुष्मनको रुपमा पनि चित्रित भैसकेको छ । यस्तै चरित्र चित्रणका कारण एमालेमा सांगठानिक विभाजनमात्र हैन वैचारिक विद्रोह पनि भैसकेको छ । र यहि विभाजन र विद्रोह एमालेलाई दर किनार गर्ने सूत्र भएको छ ।
पहिलो शहीदमाथि विष वमन:

केपी ओली कति नश्लवादी छन भन्ने विषय लखन थापामाथि गरेको टिप्पणी नै काफी छ । नेपालको परिवर्तनप्रति ओलीको दृष्टिकोण कति नकारात्मक छ भन्ने यहिँबाट अन्दाज पनि लगाउन सकिन्छ । राणा विरोधी शंखनाद गर्ने उनै शहीदको कटाक्ष गर्ने गुटलाई लुम्बिनी प्रदेशवासी समुदायले मत दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो । एमालेलाई लुम्बिनीबाट ‘बोन्साइ’ गर्ने मुद्धा राष्ट्रिय विभुती लखन थापा मगर प्रति गरेको अनर्गल प्रचार हो । यो दुषित विचारलाई चुनावताका एमाले इतर पङ््ितले समुदाय स्तरमा पु¥याउन सफल भए एमालेलाई घाटमा पु¥याउने मनोवैज्ञानिक अस्त्र हुनेछ । त्यसबखत एमालेलाई सामुदायिक रुपमा बहिष्कार गर्ने अभियान पनि हुन सक्छ । अहिले नै यो अनर्गल प्रचार भुसको आगो झैं समुदायस्तरमा फैलिसकेको छ ।
गठबन्धन भएसँगै एमाले सोत्तरः
एमालेको खुइलिएको राष्ट्रवादले लुम्बिनी प्रदेशको कथित राष्ट्रवादी भोट बैंक त यसै गुमाउने छ । यस्तो भोट बैंकको असली हकदार राजनीतिको बजारमा नेकपा एस आइसकेको छ । यो भोट बैक एमालेले गुमाउने कुरामा त नेकपा एसको पुनर्गठन नै काफी हो । पहाडि इलाकाबाट माओवादी र समाजवादीले तराई–मधेसबाट जसपाले खुइल्याउँदा एमालेको असली रुपमा आइपुग्ने छ ।
यो भोट बैंक अहिले नै एमालेको पोल्टाबाट खुस्केर नेकपा एसको खातामा जाने क्रममा छ । एमाले भित्रैको ओली गुटको गडबढी एमालेलाई क्षयीकरण गर्ने आन्तरिक कारण चुनावको मुखमा देखिने छ । कमल थापाकृत राप्रपा नेपाल र होलीवाइनकृत परिवार दलसंगको गठबन्धनले एमालेलाई वाम राजनैतिक धारबाट पश्चगामी कित्तामा पु¥याएको छ । यो गठबन्धनले एमाले कमजोर छ भन्ने कुरा सिधै स्थापित भएको छ । राप्रपा (थाप्रपा)संग गठबन्धन भएको बाहिर आउनासाथ एमालेमा बचेखुचेका प्रगतिशील तत्वलाई झस्काएको छ । होलीवाइनसंगको एकताले साम्राज्यवादी संस्कृतिको पृष्ठपोषण गर्ने कित्तामा पु¥याएको छ । वौद्ध सांस्कृतिक सभ्यताको उदय भएको प्रदेशमा होलीवाइनको प्रवेश यसै अप्राकृतिक लाग्छ ।
अर्को सबै स्थानमा सत्तारुढ दलको गठबन्धन, तालमेल हुँदै गएको प्रसंगमा एमालेले लुम्बिनी प्रदेशबाट पनि हात धुनु पर्ने नौबत आउने वाला छ । यसो भए एमाले महामानव गौतम वुद्धको पवित्र स्थलबाट सोत्तर हुन कुनै बेर लाग्ने छैन ।