नेपालको आमुल परिवर्तन र विकास देशको ब्यवस्था बदलिएमात्रै सम्भव छ भन्ने यथार्थ बुझेका एक जना भिजनरी र कर्मठ युवा हुन् राजन पौडेल ।
त्यसैले पनि कलिलै उमेरमा उनले सवै प्रकारका आकांक्षा त्यागेर महान जनयुद्धमा होमिए । २०३५ साल चैत १० गते धादिङमा जन्मिएका राजान पौडेल ०४४ सालदेखि सिमरामा निरन्तर बसोबार गदै आएका छन् ।
स्कुले जीवनमा पढाईमा अब्बल रहेका पौडेलले २०५२ सालमा प्रथम श्रेणीमा एसएलसी उर्तिण गरे । काठमाडौं क्याम्पसबाट ग्रामीण विकास र समाजशास्त्रमा उनले स्नातक गरे । क्याम्पस पढ्दा पढदै राजन पौडेल २०५६ सालदेखि तत्कालिन नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट विधार्थी राजनीति शुरु गरे । २०५७ सालदेखि माओवादीको पूर्णकालिन कार्यकर्ता बने ।
लगत्तै २०५८ सालमा पाटन संयुक्त क्याम्पसवाट राजन पौडेललाई सेनाले गिरफ्तार गरयो । करिव एक वर्षको जेल जीवन पछि रिहा भए । फेरि उनी पार्टीकै काममा फर्किए । २०६० सालमा मकवानपुर धादिङ उनको कार्यक्षेत्र बनेको थियो । त्यस क्षेत्रमा खटिएको केही महिनामै पौडेललाई त्यही साल विरगञ्जबाट सेनाले गिरफतार गरयो ।
सेनाको चरम यातना, दमन सहेर पनि राजन पौडेलले जेल भित्रैबाट आन्दोलन थाले । सम्झदा पनि आङ सिरिङ हुने गरी सुन्दरीजल जेलमा उनले २४ दिन आमरण अनशन बसे । पछिल्लो पटक जेल पर्दा पौडेलले पटक पटक गरी करिव ८० दिन आमरण अनशन वसी आन्दोलन गरे । डिल्लीबजार सदरखोर , वीरगञ्ज कारागार, भद्रगोल जेल, सर्लाही जेल र सुन्दरीजल जेल जस्ता सवै कारागारमा राजन पौडेलले अति कठिन र सिनेमाको काहानी जस्ता लाग्ने तिता विगतहरु भोग्नुपरेको थियो ।
राजन पौडेल नेकपा (माओवादी) राजनीतिक मुलधारमा आएपछि मात्रै २०६३ जेष्ठ १० गते लामो जेल जीवनवाट मुक्त भएका हुन् । त्यसयता बारा जिल्लामा रहेर निरन्तर पार्टी राजनीतिमा उनी क्रियाशिल रहँदै जिल्ला कमिटि सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य समेत बनिसकेका छन् ।
उनी अहिले मधेस प्रदेश कमिटि सदस्य छन- नेकपा (माओवादी केन्द्र)को । अध्ययनशील, स्पष्ट र शसक्त भिजन भएका राजन पौडेल जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदमा उम्मेदवार बनेका छन् ।
यस उपमहानगरलाई आफनो कार्यकालमा नमुना नगर बनाउने सपना वुनेका छन् ।