Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निमावि शिक्षकको नतिजा प्रकाशित

निमावि शिक्षकको नतिजा प्रकाशित

दैनिकी न्यूज

२४, बैशाख २०७९
निमावि शिक्षकको नतिजा प्रकाशित
images

काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। शिक्षक सेवा आयोगले आज प्रकाशित गरेको नतिजाअनुसार परीक्षामा कुल २० हजार ९८२ जना उत्तीर्ण भएका छन्। प्रदेश १ मा १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना पास भएका छन्।

त्यस्तै, मधेस प्रदेशमा १ हजार ११ जना पास भएका छन्। मधेसबाट ५ हजार ८ सय ५३ जनाले परीक्षा दिएका थिए। बागमती प्रदेशमा ११ हजार ५ सय २६ जना परीक्षामा सहभागी भएकामा ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका छन्।

​त्यस्तै, गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ जनाले परीक्षा दिएकामा ४ हजार ३ सय ४१,कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकामा १ हजार ६९,लुम्बिनीमा ११ हजार ८ सय ४४ सहभागी भएकामा ३ हजार ३ सय ६१ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ६९ सहभागी भएकामा दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका छन्। आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो।

लिखितको सामान्य परीक्षामा उत्तीर्ण भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ। परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न सकिने पनि आयोगले जनाएको छ। पुनर्योग गर्न चाहनेलाई जेठ २ गतेभित्र आयोगको वेबसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोहीअनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन आयोगले भनेको छ।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १४:१९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology