Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

दैनिकी न्यूज

२९, बैशाख २०७९
दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत
images

काठमाडौं । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ ।

तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुईदिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ । दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सर कार ले गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०६:२९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology