Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

दैनिकी न्यूज

३१, बैशाख २०७९
आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह
images

काठमाडौँ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ।

नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन्।


विज्ञप्तिमा आफूहरुसँग परामर्श नगरी एकपक्षीय रुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग गरिएको हो।

सरकारले आउँदो जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ। रासस

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १४:०८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology