Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निमावि तह शिक्षक लाइसेन्सको लागि विज्ञापन खुल्यो

निमावि तह शिक्षक लाइसेन्सको लागि विज्ञापन खुल्यो

दैनिकी न्यूज

९, जेठ २०७९
निमावि तह शिक्षक लाइसेन्सको लागि विज्ञापन खुल्यो
images

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आजदेखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ ।

दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेद्वार स्वयं जवाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

परीक्षा साउन २८ गते बिहान ८ बजे तोकिएको छ ।

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - १३:४६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology