Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अत्याधिक गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय

अत्याधिक गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय

दैनिकी न्यूज

२४, जेठ २०७९
अत्याधिक गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय
images

कन्चनपुर । अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाको प्रमुख, उपप्रमुखको सचिवालयलाई विद्यालय बन्दको जानकारी गराएको छ।

कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ। तातो हावा चल्दा घर बाहिर हिँड्डुल गर्न समस्या हुन थालेको छ। रासस

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - ०६:५०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology