Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल

शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल

दैनिकी न्यूज

१०, आषाढ २०७९
शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल
images

भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा बोल्दै उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताए । बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए ।

‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, उनले भने, ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’

उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिए । ‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’मन्त्री पौडेलले भने, ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - १६:३१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology