Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एसईईको प्रश्नपत्र प्रति केजी १७।५० रूपियाँमा बिक्री

एसईईको प्रश्नपत्र प्रति केजी १७।५० रूपियाँमा बिक्री

दैनिकी न्यूज

२३, आषाढ २०७९
एसईईको प्रश्नपत्र प्रति केजी १७।५० रूपियाँमा बिक्री
images

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिक्री गरेको छ ।

बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताए । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।

उनका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कार खानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ।

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०७:२७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology