Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाका संक्रमित बढ्दै, आज पनि थपिए १६८ जना

कोरोनाका संक्रमित बढ्दै, आज पनि थपिए १६८ जना

दैनिकी न्यूज

२७, आषाढ २०७९
कोरोनाका संक्रमित बढ्दै, आज पनि थपिए १६८ जना
images

काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढ्दो रहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने १६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार २० जनाले कोरोना परिक्षण गरेको जनाएको छ । जसमध्ये एक सय ६८ जना नयाँ संक्रमित थपिएको हुन् ।

त्यस्तै, यस अवधिमा ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३५ हजार ४०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल ७७० जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - २२:१०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology