Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीले पाएनन् पुस्तक

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीले पाएनन् पुस्तक

दैनिकी न्यूज

२९, आषाढ २०७९
शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीले पाएनन् पुस्तक
images

काठमाडौं । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सबै लाग्नुपर्ने देखिन्छ ।”

यसअघि सोमबार उदयपुरमा त सामुदायिक विद्यालयका विद्यार्थीले जुलुस नै निकालेर पाठ्यपुस्तक उपलब्ध गराउन माग गरे । पढाइको चिन्ता गर्दै ब्यानर बोकेर बालबालिका नै सडक आन्दोलनमा उत्रेको सम्भवतः यो पहिलो पटक हो । यस घटनाले पाठ्यपुस्तक अभावको समस्याले स्कुले नानीबाबुलाई कति पिरोलेको छ भन्ने स्पष्ट हुन्छ ।

कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो ।

यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पुर्‍याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिए । जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०७:२८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology