काठमाडौँ । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ। २०७८ सालको एसईईको नतिजा यही साउन ११ भित्र नतिजा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्ज‘नबहादुर रायमाझीले अहिले रुजुको काम भइरहेको बताउनुभयो।
नतिजा सार्वजनिक भएको एकरदुई सातामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र ९मार्कसिट० पुग्नेछ। यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो। राष्ट्रिय परीक्षा बोर्डका उपपरीक्षा नियन्त्रक ९कक्षा १०० भक्तबहादुर गोदारले प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गरिने बताउनुभयो। सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ। एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ। परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ४.० दिइनेछ। ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३.६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ३.२ दिइनेछ। ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २.८ दिइनेछ।
५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २.४ मानिनेछ। ४० देखि ५० अङ्कसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २.० दिइनेछ। त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १.६ दिइनेछ। ३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन। यस समूहलाई कुनै पनि ग्रेड समूहमा राखिने छैन। यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिनेछ।
कोभिड–१९ का कारण परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो। कोभिडका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसके पनि परीक्षा बोर्डले पछिल्लो दुई वर्ष विद्यालयको अन्तिम मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र प्रदान गरेको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।