Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो– हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लागि गठित समितिको प्रतिवेदन कहिले आउछ ?

अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो– हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लागि गठित समितिको प्रतिवेदन कहिले आउछ ?

दैनिकी न्यूज

२९, श्रावण २०७९
अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो– हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लागि गठित समितिको प्रतिवेदन कहिले आउछ ?
images

काठमाडौं । माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानविनका लगि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै छानविनको नाममा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।

'एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानविन गर्न गठित समितीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। कतै छानविनको नाममा प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैनरुुअखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ,'सत्य तथ्य बाहिर ल्याउन गठित समिती स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैनरु आज छानविन समिती माथि नै छानविन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ।'

व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्य तथ्य सहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ।ट्रान्स्कृप्ट ,प्रोभिजनल , माईग्रेसनको लागि देशका विभिन्न क्याम्पस बाट फेरि पनि त्रिभुवन विश्वविधालय धाउन पर्ने अवस्था रहिरहे विश्वविद्यालयका विरुद्ध आन्दोलन गर्ने समेत उसले चेतावनी दिएको छ।

यसअघि आफुहरुले बुझाएको १८ बुदे मागबारेपनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ।

298515423_3157350284527011_5870762622692774742_n.jpg

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - १९:१२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology