Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव

दैनिकी न्यूज

१३, भाद्र २०७९
विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव
images

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो।

संघीय सरकारले कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको बैठकले र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउन नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक पनि राख्ने प्रस्ताव गरेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०६:२३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology