Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

दैनिकी न्यूज

२७, भाद्र २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने
images

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ ।

अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन् । खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् ।

गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ । थप खोप ल्याउन स्वास्थ्य मन्त्रालयले प्रयास गरिरहेको छ । पर्याप्त मात्रामा खोप आए पछि १० देखि १४ वर्षका सबै किशोरीलाई दिने तयारी छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - ०८:०२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology