Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

दैनिकी न्यूज

२५, आश्विन २०८०
उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण
images

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२र१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए।

टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन्।

त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन्। एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए। उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन्। 

बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा. गैरेले बताए । काठमाडौं महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए।

चिकित्सकका अनुसार काठमाडौं उपत्यकाका डेंगी संंक्रमितमा गत वर्षजस्तो गम्भीर समस्या धेरैमा छैन। गत वर्षको तुलनामा कम संक्रमित भएकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको अनुमान छ। मनसुन सकिएपछि फैलिएको डेंगी संक्रमण भएकाले गत वर्ष जस्तो यसले प्रकोप लिने सम्भावना कम रहेको डा। पुनको विश्लेषण छ। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ०७:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology