Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

दैनिकी न्यूज

२१, कार्तिक २०८०
पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
images

ललितपुर । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानुन बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही नगरेसम्म सेवा प्रवाह ठप्प पार्ने जनाएको छ ।

सो अस्पतालमा गत कात्तिक १८ गते शनिबार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरूको भनाइ छ ।

उनीहरूले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै बिरामीको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस

पाटन अस्पतालमा डाक्टरमाथि कुटपिट

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १५:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology