Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

दैनिकी न्यूज

२, पौष २०८०
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औं दीक्षान्त समारोह आयोजना गर्दै छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुनेछ।

त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदैछन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन्।

दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ। दीक्षित हुनको लागि विद्यार्थीले अनलाइन मार्फत आवेदन दिएका थिए। तिनै विद्यार्थीलाई त्रिभुवन विश्व विद्यालयले आज दीक्षित गर्न लागेको हो।

समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट आज विभूषित गर्ने तयारी छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी छ। दीक्षान्त समारोहमा ५६ वटा स्टल राखिएका छन्।

त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिए। दीक्षित हुने विद्यार्थी धेरै भएकाले त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो।

दीक्षान्त समारोहमा सहभागी हुन आउनेका लागि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर पार्किङ स्थल पनि तोकेको छ। टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकिएको छ।

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - ०८:४२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology