Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष, आजदेखि आवेदन खुला

एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष, आजदेखि आवेदन खुला

दैनिकी न्यूज

६, पौष २०८०
एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष, आजदेखि आवेदन खुला
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु) कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो ।

तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ । पहिलो सेमेस्टरमा भर्नाका लागि आजदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

शिक्षा सङ्काय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले पनि भर्ना हुन सक्नेछन् । यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाइ हुनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

माघ १४ गते प्रवेश परीक्षा हुने र माघ २१ गतेदेखि कक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०८:३५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology