Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

दैनिकी न्यूज

६, पौष २०८०
अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै डीआई राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।

विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो । सरकारले उक्त विषयमा परिपत्र गर्दै नराख्न निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राख्दै आएका छन् । डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १८:३८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology