Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्ध

उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्ध

दैनिकी न्यूज

२२, पौष २०८०
उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्ध
images

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ।

दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो।

गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिए।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - ०८:०६:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology