Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टेलिकमको विन्टर अफर पुस २७ गतेदेखि लागू हुने

टेलिकमको विन्टर अफर पुस २७ गतेदेखि लागू हुने

दैनिकी न्यूज

२७, पौष २०८०
टेलिकमको विन्टर अफर पुस २७ गतेदेखि लागू हुने
images

काठमाडौं । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागू हुने गरि विन्टर अफर २०८० ल्याएको छ । टेलिकमले यो अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो ।

यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई थप आकर्षक बनाउँदै टेलिकमले १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने टेलिकमले जानकारी गराएको छ ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

world vision.jpg

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०८:४३:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology