काठमाडौं । पछिल्लो समय यता प्रविधिको विकास भए सँगै नेपालमा पनि यसको प्रभाव अत्यन्त लोकप्रिय बन्दै गएको छ। विगतका वर्षहरुमा नागरिकसँग प्रविधि थिएन। हाल नागरिकका हात हातमा स्मार्ट फोन र त्यसको व्याप्त प्रयोग पनि पूर्ण रूपमा हुन थालेको छ। मानिसले घरैमा बसेर आफूलाई चाहिने लत्ता कपडा साथै अन्य आवश्यक सामानहरू अनलाइन माध्यमबाट किन्ने प्रचलन चल्दै आएको छ।
नेपालमा विभिन्न प्राइभेट कम्पनीले डेलिभरीका कामहरू अघि बढाएका छन्। त्यस्तै डब्लु एल फुड डेलिभरी कम्पनी विगत ४ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका क्षेत्रमा फुड डेलिभरी गर्दै आफ्नो व्यवसाय चलाउँदै आएको छ।
एक दशक देखिको डेलिभरी सर्भिसको अध्ययन अनुसन्धानका कारण पनि डब्लु एल फुड ४ वर्षमै आफ्नो व्यावसाय स्थापित गर्न सफल भएको छ।
लामो समय देखि चल्दै आएका अन्य डेलिभरी सर्भिस दिँदै आएका अन्य कम्पनी घाटामा गएको अवस्थामा हाल डब्लुले आफ्नो सर्भिसको लोकप्रियताको कारण मानिसको मन मस्तिष्कमा बस्न सफल भएको छ।
५० बढी कर्मचारीलाई रोजगारीसँग जोड्दै काठमाडौंका ५०० बढी होटल तथा रेष्टुरेन्ट सँग समन्वय मा डेलिभरी सर्भिस घर घरमा पुर्याउदै आएको छ। विभिन्न चाड पर्वको समयमा छुट तथा उपहार सहितको अफरको उपलब्धताले पनि ग्राहक महानुभावकोको मन जितेको छ।
हाल डब्लुएलको चौथो वार्षिक उत्सवको उत्साह छ। यसको अवसरमा पनि डब्लु एलले डब्लु एल फुड फेस्ट सञ्चालनमा ल्याएको छ। भदौ २५ देखि ३१ गते सम्मका लागि फुड फेस्ट सञ्चालित हुने छ। जहाँ उपभोक्ताहरुलाई ८० प्रतिशत सम्म खानामा छूट, डेलिभरी मा छूट, विभिन्न किसिमका उपहारहरु साथै क्यास व्यक समेतको व्यवस्था राखिएको छ। यति मात्र मा सीमित नरहेर दसैं, तिहार तथा छठ पर्वको अवसरमा पनि थुप्रै अफर ल्याउने तयारी रहेको डब्लु एल फुडका सिर्इओ रबिन कटेलले बताएका छन्।
यस्तै उनले चौथो वार्षिक उत्सवका अवसरमा डब्लुएल फुड डेलिभरी कम्पनीमा आबद्ध हुन चाहने रेष्टुरेन्टलाई पनि निःशुल्क आबद्ध हुने अफरको समेत व्यवस्था मिलाएको कटेलले जानकारी दिएका छन्।
यस्तै चौबिसै घण्टा डेलिभरी सर्भिस प्रधान गर्दा राइडरहरुमा रातको समयमा चुनौती रहँदै आएको छ। यसको व्यवस्थापनका लागि राइडर लाई जी पी यस मार्फत ट्रयाकिङ गर्दै निरन्तर रूपमा सम्पर्कमा रहेर काम गरिँदै आएको राइडर मेनेजर पेमा मोक्तानले जानकारी दिएका छन्।
यस्तै डब्लु एलले ल्याएको विभिन्न किसिमकाका अफर तथा ग्राहक सँगको निकटताका कारण पनि काठमाडौंबासी बीच लोकप्रिय बन्दै गएको छ। चौथो वार्षिक उत्सवको अवसरमा ल्याएको यस्तो बम्पर अफरले ग्राहकको मन अवश्य जित्ने छ।