Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डब्लुएलको डेलिभरी सर्भिस व्यवसाय अब्बल

डब्लुएलको डेलिभरी सर्भिस व्यवसाय अब्बल

दैनिकी न्यूज

२४, भाद्र २०८१
डब्लुएलको डेलिभरी सर्भिस व्यवसाय अब्बल
images

काठमाडौं । पछिल्लो समय यता प्रविधिको विकास भए सँगै नेपालमा पनि यसको प्रभाव अत्यान्त लोकप्रिय बन्दै गएको छ। विगतका वर्षहरुमा नागरिकसँग प्रविधि थिएन। हाल नागरिकका हात-हातमा स्मार्ट फोन र त्यसको व्याप्त प्रयोग पनि पूर्ण रूपमा हुन थालेको छ।

मानिसले घरैमा बसेर आफूलाई चाहिने लत्ता कपडा, खाना साथै अन्य आवश्यक सामानहरू अनलाइन माध्यमबाट किन्ने प्रचलन चल्दै आएको छ। नेपालमा विभिन्न प्राइभेट कम्पनीले डेलिभरीका कामहरू अघि बढाएका छन्।

त्यस्तै WL Food Delivery कम्पनी विगत ४ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका क्षेत्रमा Food Delivery गर्दै आफ्नो व्यवसाय चलाउँदै आएको छ। 

एक दशक देखिको डेलिभरी सर्भिसको अध्ययन अनुसन्धानका कारण पनि WL food ४ वर्षमै आफ्नो व्यवसायिक्ता स्थापित भएको छ। 

wl food.jpg

लामो समय देखि चल्दै आएका अन्य डेलिभरी service दिँदै आएका अन्य कम्पनी घाटामा गएको अवस्थामा हाल WL ले आफ्नो service को लोकप्रियताको कारण मानिसको मन मस्तिष्कमा बस्न सफल भएको छ। 

५० बढी कर्मचारीलाई रोजगारीसँग जोड्दै काठमाडौंका ५०० बढी होटल तथा रेष्टुरेन्टसँग समन्वयमा डेलिभरी service घर घरमा पुर्याउदै आएको छ।

विभिन्न चाड पर्वको समयमा discount तथा उपहारसहितको अफरको उपलब्धताले पनि ग्राहक महानुभावको मन जितेको छ। 

हाल WL को चौथो वार्षिक उत्सवको उत्साह छ। यसको अवसरमा पनि WL ले WL fest सञ्चालनमा ल्याएको छ।

भदौ २५ देखि ३१ गते सम्मका लागि food Fest सञ्चालित हुने छ, जहाँ  उपभोक्ताहरुलाई ८० प्रतिशतसम्म खानामा छूट,  डेलिभरी मा छूट, विभिन्न किसिमका उपहार हरु  हातखाली नहुने उपाहार साथै क्यास व्यक समेतको व्यवस्था राखिएको छ।

यति मात्र मा सीमित न रहेर दसैं, तिहार तथा छैठ पर्वको अवसरमा पनि थुप्रै अफर ल्याउने तयारी रहेको WL Food का SEO रबिन कटेलले बताएका छन्। 

यस्तै उनले चौथो वार्षिक उत्सव का अवसरमा WL मा आबद्ध हुन चाहाने रेष्टुरेन्टलाई पनि निःशुल्क आबद्ध हुने अफरको समेत व्यवस्था मिलाएको कटेलले जानकारी दिएका छन्। 

f8e44f54-6c0b-4893-a655-70beac2b3148.jpeg

यस्तै चौबिसै घण्टा डेलिभरी सर्भिस प्रधान गर्दा राइडरहरुमा रातको समयमा चुनौती रहँदै आएको छ। यसको व्यवस्थापनका लागि राइडरलाई जी पी यस मार्फत ट्रयाकिङ गर्दै निरन्तर रूपमा सम्पर्कमा रहेर काम गरिँदै आएको राइडर मेनेजर पेमा मोक्तान ले जानकारी दिएका छन्। उनले विगतमा राइडरहरु सुनसान ठाउँमा लुटिएका घटना पनि सुनाए। तर हाल विगत जस्तो अवस्था नरहेको पनि जानकारी दिएका छन्।

यस्तै WL ले ल्याएको विभिन्न किसिमकाका अफर तथा ग्राहकसँगको निकटताका कारण पनि काठमाडौंबासी बीच लोकप्रिय बन्दै गएको छ।

चौथो वार्षिक उत्सवको अवसरमा ल्याएको यस्तो बम्पर अफरले ग्राहकको मन अवश्य जित्ने छ। तपाइले पनि wl food को एप तथा समाजिक सन्जालबाट अर्डर गर्न सक्नु हुनेछ ।

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - ०९:५८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology