Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

दैनिकी न्यूज

८, माघ २०८०
एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने
images

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । उनले भने, “चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा थियौ, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरेका छौँ ।”

images
प्रकाशित मिति :माघ ८, २०८० सोमवार - ०७:४०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology