Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मगर गाउँ माविले स्वर्ण जयन्ती मनाउने

मगर गाउँ माविले स्वर्ण जयन्ती मनाउने

मगर गाउँ माविले स्वर्ण जयन्ती मनाउने
images

ललितपुर । ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शङ्खु स्थित मगर गाउँ माध्यमिक विद्यालय (कृषि प्राविधिक शिक्षालय) ले २०८० फागुन १८, १९ र २० गते स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । आफ्नो स्थापनाको ५० ओैं वर्षमा विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउन लागेको हो ।

विद्यालयले एक बृहत् अभिभावक, विद्यालय व्यवस्थपन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षक, पूर्व विद्यार्थी, विद्यार्थी भेला आयोजना गरि विद्यालय व्यवस्थापन समितिले स्वर्ण जयन्ती महोत्सव मनाउने निर्णय गरेको हो ।

स्वर्ण जयन्ती महोत्सवको लागि विद्यालयले २०८० साल पौष २७ गते भेला आयोजना गरेको हो । भेलाबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार लामाको संयोजकत्वमा ५०५ सदस्यीय स्वर्ण जयन्ती मुल समारोह समिति बनाउने निर्णय गरेको छ । ५०५ सदस्यीय स्वर्ण जयन्ती मुल समारोह समितिबाट विविध विधा र क्षेत्रबाट बढीमा ५१ सदस्यसम्म रहन सक्नेगरि सचिवालय समिति बनाई स्वर्ण जयन्ती महोत्सव कार्यक्रम कार्य अगाडि बढाउन भेलाबाट निर्णय गरेको छ।

स्वर्ण जयन्ती महोत्सव सचिवालय बैठक बसि विभिन्न उपसमितिहरू बनेका छन् । उपसमितिहरूमा राजेश घिमिरेको संयोजकत्वमा प्रकाशन उपसमिति, अमृत संजेलको संयोजकत्वमा सूचना सञ्चार तथा प्रचारप्रसार उपसमिति, कविन्द्रकुमार लामाको संयोजकत्वमा आर्थिक उपसमिति, प्रल्हाद घिमिरेको संयोजकत्वमा मञ्च सजावट तथा अतिथि सत्कार उपसमिति, ज्वारलाल लामाको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षा उपसमिति, नारायणीदेवी दुवालको संयोजकत्वमा सांस्कृतिक उप समिति, लक्ष्मण प्रसाद घिमिरेको संयोजकत्वमा खाना खाजा तथा बसाइँ व्यवस्थापन उपसमिति, महेशदत्त चौलागाईको संयोजकत्वमा कृषि तथा विज्ञान प्रदर्शनी उपसमिति, नवीन लामाको संयोजकत्वमा खेलकुद उपसमिति, प्रधुम्न दाहालको संयोजकत्वमा प्राविधिक उपसमिति, सुशीला लामाको संयोजकत्वमा स्वास्थ्य उपसमिति, मगर गाउँ मावि पुर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र आले मगरको संयोजकत्वमा मुल्याङ्कन अनुगमन र सुपरिवेक्षण उपसमिति, सुरेश बजगाईको संयोजकत्वमा अभिलेख तथा प्रतिवेदन उपसमिति, अर्जुनप्रसाद घिमिरेको संयोजकत्वमा सम्मान उपसमिति र सरिता लामाको संयोजकत्वमा सरसफाइ उपसमिति बनाई कार्य विभाजन गरिएको छ । अन्य आवश्यक उपसमिति सचिवालयले बनाउदै जानेछ भने प्रत्येक उपसमितिमा संयोजकको नेतृत्वमा अन्य व्यक्तिहरू सदस्यमा रहेका छन।

magar gau bhela 1.jpg

स्वर्ण जयन्ती महोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सफल बनाउन सबैसँग आवश्यक समन्वय विद्यालयका प्रअ फुलध्वज लामाले गरेका छन् ।

स्वर्ण जयन्ती महोत्सव समारोह सम्पन्न गर्नका लागि कोन्ज्योसोम गाउँपालिकाले तेह्रौ गाउँ सभाबाट मगर गाउँ मावि विद्यालयलाई स्वर्ण जयन्ती महोत्सवका लागि १२ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको अध्यक्ष कृष्णमान लामाले भेलामा जानकारी गराउँदै स्वर्ण जयन्ती भव्य र सभ्य बनाउन सहजिकरण गर्ने प्रतिबद्धता सहित शुभकामना दिएका थिए ।

भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्वर्ण जयन्ती मुल समारोह समिति संयोजक श्याम कुमार लामाले स्थानीय बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक संघ संस्था र प्रतिनिधि, राजनीीतक दल र दलका प्रतिनिधि, पुर्व शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समितिहरु, पुर्व विद्यार्थीहरु, मगर गाउँ मावि पुर्व विद्यार्थी समाज र सिङ्गै समुदाय सबै मिलेर स्वर्ण जयन्ती महोत्सव कार्यक्रम सफल बनाउन लागिपर्न आह्वान गर्दै उपस्थित सबैलाई धन्यवाद दिदै सल्लाह सुझावको अपेक्षा राखेका थिए ।

मगर गाउँ माध्यमिम विद्यालय को स्थापना २०३० सालमा भएको हो । हाल विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ। २०७४ सालदेखि यस विद्यालयमा कृषि प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म पढाइ हुँदै आईरहेको छ ।

magar gau bhela.jpg

अहिलेसम्म करिब यस विद्यालयबाट दुई हजारको हाराहारीमा विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेर विद्यालयबाट बाहिरिएका छन । यस विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका पुर्व विद्यार्थीहरु विविध क्षेत्रमा उच्च स्थानमा रहेर सेवा गरिरहेका छन।

images
प्रकाशित मिति :माघ ८, २०८० सोमवार - ०९:४०:१२ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology