Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एसईईमा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयन

एसईईमा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयन

दैनिकी न्यूज

१०, माघ २०८०
एसईईमा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयन
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्इई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ।

बोर्डले यो वर्ष आगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिए। उनले कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए।

उनले यो वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए । ‘अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ’, उनले भने, ‘३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुनेछन्।’

निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ। यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - १०:०३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology