Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थिङ सर्वसम्मत

सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थिङ सर्वसम्मत

उमेश घलान

१४, माघ २०८०
सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थिङ सर्वसम्मत
images

बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १२ स्थित श्री सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय युवा समाजसेवी लक्ष्मण थिङ्ग सर्वसम्मत चयन भएको छ । विद्यालय व्यवस्थापन समितिको शुक्रवारको बैठकले थिङ्गलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

समितिको अन्य सदस्यहरुमा सानूकान्छी स्याङ्तान, मदन विक, सुर्यमाया दोङ, चन्द्र बहादुर थिङ्ग चयन भएका थिए । यस अघि भएको अभिभावक भेलाबाट चुनिएका व्यवस्थापन समितिका ४ जना सदस्यको बैठकले अभिभावक शिक्षासेवी मध्येबाट थप २ जना सदस्य मनोनयन गरेसंगै व्यवस्थापन समितिले पूर्णता पाएको हो ।

अभिभावकबाट चयन भएका सदस्यहरुले शुक्रबार नै बैठक गरेर लक्ष्मण थिङ्ग र दुधमाया थिङ्गलाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । समितिले पूर्णता पाएपछि भएको बैठकले लक्ष्मण थिङ्गलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । व्यवस्थापन गठन तथा अभिभावक भेला निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा सो समिति गठन भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मेनिका स्याङ्बोको अध्यक्षातामा भएको सो कार्यक्रममा अतिथिहरु पुर्व विद्यालय व्यवस्थापन अध्यक्ष मनबहादुर गोले, इन्द्रलाल श्रेष्ठ, पुर्व सदस्य काशीराज तिमल्सिना स्थानीय समाजसेवी नरबहादुर थिङ्ग बुद्दिजिवी कृष्णप्रसाद घिमिरे वडा सदस्य चन्द्रमान तामाङलगायतका उपस्थि रहेका थियो । सो विद्यालय व्यवस्थापन गठन कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका विन्दा घिमिरेले गरेकी थिइन भने संचालन विद्यालयकी प्रधानाध्यापक बुनाकुमारी राउतले गरेकी थिइन ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०७:२०:२९ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology