Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आगामी शैक्षिक सत्रअगावै पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रअगावै पाठ्यपुस्तक

दैनिकी न्यूज

२१, माघ २०८०
आगामी शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
images

काठमाडौं । सरकारको लक्ष्यअनुसार नै आगामी शैक्षिक सत्रका लागि शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत दोस्रो साताबाट पुस्तक बिक्री खुला गर्ने घोषणा गरेको छ।

केन्द्रका प्रबन्ध संचालक अनिलकुमार झाका अनुसार दैनिक १ लाख पुस्तक उत्पादन भएसँग जनक शिक्षाले आगामी वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य लिएको हो।

जनक शिक्षाले हाल ५ वटा रंगिन, १ वटा एक रंगी, २ वटा रंगिन सिटफिड र ४ वटा एक रंगी सिटफिड मेसिनबाट पाठ्यपुस्तक छपाइ गरिरहेको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ०७:५४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology