Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विश्व क्यान्सर दिवसका अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा

विश्व क्यान्सर दिवसका अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा

दैनिकी न्यूज

२१, माघ २०८०
विश्व क्यान्सर दिवसका अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा
images

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा आइतबार बिहान काठमाडौँ उपत्यकामा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा सचेतना पदयात्राको आयोजना गर्ने भएको हो ।

हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाउने सन्दर्भमा यो पटक पनि नेपाल अर्बुद रोग निवारण संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । ‘उपचारमा हुने असमानताको अन्त्य गरौँ’ भन्ने नारासहित यस वर्षको विश्व क्यान्सर दिवस मनाइँदै छ ।

“यही अवसरमा सचेतना जगाउने उद्देश्यले हामी बौद्धनाथबाट पदयात्रा सुरु गरेर पशुपति मन्दिर हुँदै पाटन दरबार क्षेत्रमा सम्पन्न गर्ने तयारी गरेका छौँ,” अध्यक्ष श्रेष्ठले भने ।
पदयात्रामा विभिन्न सङ्घसंस्था, विद्यालयहरुको पनि सक्रिय सहभागिता रहने उनले जानकारी दिए । उपत्यकाबाहिर पोखरा, लहान, उदयपुर, धरान, हेटौँडा, बनेपा, चितवन, कपिलवस्तु, सुर्खेत, खाँदबारीलगायत मुख्य सहरमा कतै साइकल ¥याली, पदयात्रा, अन्तरक्रिया, तालिम, गोष्ठी, निःशुल्क क्यान्सर जाँच शिविर, दीप प्रज्वलन गर्नेलगायत कार्यक्रम तय गरिएको उहाँले जानकारी गराए ।
अर्बुद रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग प्रदान गर्ने, क्यान्सरको लक्षण देखिएका र रोगीको उपचारमा सहयोग पु¥याउने र क्यान्सर समयमै पत्ता लगाउन सहयोग पु¥याउने उद्देश्यले २०३९ साल भदौ ३१ मा यस संस्थाको स्थापना भएको थियो । तात्कालीन राजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहको अगुवाइमा यो संस्था स्थापना भएको श्रेष्ठले जानकारी दिए ।
उनले यस संस्थाले क्यान्सरजस्तो प्राणघातक रोगको उपचार नेपालमै गराउनुपर्छ भन्ने कुरालाई हृदयङ्गम गरी जनचेतना जागरण र उपचारात्मक दुवै विधि अपनाई देशैभरि आफ्नो सेवा विस्तार गरिरहेको जानकारी गराए ।
नेपालमा मात्रै नभएर विकसित देशहरूमा समेत विकराल रुपमा विस्तार भइरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारात्मक कार्यका लागि समुदायमा क्यान्सर रोगबाट प्रभावित हुने क्रम बढ्दो छ ।
यसको रोकथाम र निराकरणमा सरकारको भूमिका पर्याप्त हुन नसकिरहेको उनले बताए । उनले क्यान्सर रोगको रोकथाम र निराकरणमा प्राथमिकता दिन र हाल भइरहेको उपचारमा असमानता हटाउन आवश्यक रहेको उल्लेख गरे । उनले सबैले गुणस्तरीय स्वास्थ्य सेवामा समान उपचार पाउने प्रत्याभूतिका लागि आवश्यक बजेट तथा नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।
क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका सङ्ख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सकिने उनको भनाइ छ ।
सरकारी आँकडाअनुरुप महिलामा पाठेघर र पुरुषमा मुख क्यान्सर बढी मात्रामा हुने गर्छ । मदिरा र चुरोटका कारण क्यान्सर रोगी बढाएको देखिन्छ ।

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ०८:१५:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology