Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना सर्टलिस्टमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना सर्टलिस्टमा

दैनिकी न्यूज

२६, माघ २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना सर्टलिस्टमा
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ ।

१४ जनाको सर्ट लिस्टमा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुुसाल र सूर्यबहादुर थापा छन् । आवेदन दिएका ४३ जनामध्ये व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ ।

सर्टलिस्टमा परेकाहरुको आउँदो माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेगरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ । अन्तर्वार्ताबाट छानिने तीन जनामध्ये एक जना उपकुलपतिमा नियुुक्त हुनेछन् ।

गएको कात्तिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ ।

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - ०८:१८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology