Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो

निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो

दैनिकी न्यूज

२, फाल्गुण २०८०
निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो
images

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।

आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://www.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - ०९:१६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology