Logo

बुधवार, श्रावण २७ गते २०८३

images

चार घण्टाका लागि हट्यो वीरगञ्जमा कर्फ्यू

चार घण्टाका लागि हट्यो वीरगञ्जमा कर्फ्यू

दैनिकी न्यूज

८, फाल्गुण २०८०
चार घण्टाका लागि हट्यो वीरगञ्जमा कर्फ्यू
images

वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुनः यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ।

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

गत फाल्गुन ३ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई लिएर सोमबार बेलुका ५ बजे देखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - ०८:०३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology