Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न

भवानी बराल

१२, बैशाख २०८१
निर्वाचनको कसौटीमा पहिचानको प्रश्न
images

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेश सभाले कोसी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरुको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उप चुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाको समर्थनमा डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन ।

उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उपं–निर्वाचनको परिणामसंगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर, निर्वाचनका प्राविधिक पक्षले पार्ने जस्तोसुकै परिणामले पनि प्रदेश एकको आगामी राजनैतिक कार्यदिशालाइ भने जबर्जस्त प्रभाव पार्ने आंकलन यहिँबाट गर्न सकिन्छ ।

पहिचान पक्षधरको माग मुद्धा राजनैतिक छ र यसको पक्षमा सामुदायिक सहमतिको अंश ठूलो छ । यो आलेखमा यतिमात्र चर्चा हुने छैन पहिचानको बहु–आयमिक प्रश्नको बारेमा पनि लेखाजोखा गरिनेछ ।

पहिचानको आधारः
पहिलो संविधानसभाको विषयगत समिति (राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति)ले राज्यको पुनःरचना गर्दा पहिचानका पाँच र सामथ्र्यका चार आधारलाइ सूत्रबद्ध ग¥यो । ‘नेपाली राजनीतिमा पहिचान’ शब्दले राजनैतिक मान्यता पाएको यो नै पहिलो पटक हो । अन्यथा पहिचान शब्दको परिभाषा भर्नाकुलर नेपाली व्याकरणमा यो हदको थिएन । पहिचान र सामथ्र्यका यिनै आधारबाट नेपालको संघीय इकाइका १४ प्रदेश समितिले प्रस्ताव गर्दा पहिलो संविधानसभाको पतनको एउटा कारण बन्यो । त्यसपछि दलीय सहमतिमा बनेको संविधान सुझाव उच्चस्तरीय आयोगले पनि यस्तै आसयको ११ प्रदेशको खाका सुझाए पछि पहिलो संविधानसभा पतन गराउनु पर्ने भरपर्दो कारण बन्यो । दोस्रो संविधानसभाले भौगोलिक गणितका आधारमा सात प्रदेशलाइ अनुमोदन गर्दै नामाकरणको जिम्मा प्रदेशसभालाइ छोडिदियो ।

यसैबीच सहजताका साथ पाँचै प्रदेशसभाले भौगोलिक नामाकरण ग-यो । प्रदेश नं २ ले केही सकसकासाथ मधेस नामाकरण ग¥यो । प्रदेश नं १ ले भने पहिलो कार्यकालमा नामाकरण गर्न सकेन । दोस्रो कार्यकालको सुरुवातमै हठात कोसी नामाकरण ग-यो, त्यहीँदेखि पहिचान शब्दले पुनः तुल पक्ड्यो । गत फागुन १७ गते कोसी नामकारण गरे यता पहिचान पक्षधर सामुदायिक संस्था र केही लिम्बुवानजन्य क्षेत्रीय संगठनले कोसी नामाकरणको खारेजी माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका थिए । आन्दोलनकै क्रममा लाजेहाङ लिम्बूको मृत्यु भयो । प्रदेश सरकारले आन्दोलन पक्षधरसंग वार्ता पनि ग¥यो । तर पहिचानको यो आन्दोलनको बैठान गर्न सकेन । वार्ताले बोली फुटाउने मेलोसम्म ग¥यो । पहिलो र दोस्रो वार्ता विना निश्कर्ष टुंगिएको घटनाले वार्ता फगत सार्वजनिक खपतको लागि रचिएको कलाविहीन पटकथा थियो भन्ने बुझ्न काँशी गैरहनु परेन । त्यसयता पटकपटक सरकार गठन विघटनका खेल भए । प्रदेश सरकार गठनमा अदालत पस्यो । अप्राकृतिक गठबन्धन भयो । (अप्राकृतिक गठबन्धन पनि तुहिने क्रममा छ ।) तर राजनैतिक मुद्धाको कतै सम्बोधन भएन । विवादित कोेसीमा सबैले स्नान गर्न मात्र भ्याए ।

पहिचानको परिचयः
पहिचान आन्दोलनको परिचय गर्न पनि त्यति सहज छैन । पहिचानका अध्येता एरिक एरिकोसनले सन् १९५०को दशकमा पहिचानलाई ‘व्यक्तिको सम्मान, गौरव तथा सामाजिक अस्तित्वसंग सम्बन्धित’ भनेर परिभाषा गरे । युएनसम्बद्ध अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले केही मूर्त ढंगले पहिचानको परिभाषा गरको छ । आइएलओ १५९का अनुसार ‘जसको भाषा, संस्कृति, इतिहास, परम्परा अरु समूहको भन्दा प्राचिन र विशिष्ठ हुन्छ । त्यो मूल निवासीको मौलिक पहिचान हो ।’ आइएलओले गरेको पहिचानको यहि परिभाषा अनुसार नै प्रदेश नामाकरणको आन्दोलनसंग सम्बन्धित छ । सबैभन्दा महत्वपूर्ण नेपालको मौलिक पहिचानको परिभाषा पहिलो संविधानसभाको विषयगत समिति राज्य पुनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले गरेको थियो । समितिले जातीय समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक÷क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरतालाई आधार बनाएको थियो । यसै आधारबाट प्रदेशको गठन गरेको भए अहिलेको जस्तो नौबत आउने नै थिएन । सोभियत संघ निर्माणका सन्दर्भमा बोल्सेविक कम्युनिस्टले उठाएको साझा भाषा, साझा भूगोल, साझा आर्थिक जिवन र साझा मनोविज्ञानको राष्ट्र–राज्य निर्माणको प्रसंगसंग यहाँ ल्याउन वा पहिचानको परिभाषा गर्न खोजिएकै थिएन । अहिलेको विरोध पहिचानको नामसंग मात्र सम्बन्धित छ । यसकारण नामाकरण पहिचानको आधारमा नभएको मात्र विरोध हो । यति मलुवा माग उपर पनि संकिर्णता देखाउनु दलहरुको नालायकी हो ।

कोसी भर्सेज पहिचानः
कोसी नामाकरण प्रदेश प्रमुखले प्रमाणीकरण गरिसके । पहिचानवादी पार्टी जसपाको कोटाबाट नियुक्त प्रदेश प्रमुख पर्शुराम खापुङले एक मिनेट भृकुटी नखुम्च्याइ प्रमाणीकरण गरे । एकातिर वार्तामा बोलाउने अर्कोतर्फ प्रमाणीकरण गर्दै जाने रवैयाले पहिचानको आन्दोलन र समाधानलाई अन्यत्र धकेल्दै लग्यो । कोसी खारेजीको यो आन्दोलन यहि आयतनले किनारमा पु¥याउने मापन गर्न पनि सकिन्न । कोसी नामाकरण खारेजी विना यो आन्दोलन वार्ता सम्बादको ख्यालीपुलाउ पकाएर समाधान हुने देखिन्न । प्रदेश सरकारले कोसी नामाकरणमा परिमार्जन गर्ने हैसियत प्रदेशसभाको गणितीय आकारले गर्न पनि सक्तैन । प्रमुख राजनैतिक दलमा मतैक्यता नहुन्जेल यो अनन्त यात्रामा जानेछ ।

पहिचान आन्दोलनका प्रश्नः
पहिचानको आधारमा नामाकरण गरिनु पर्ने माग मुद्धा उठाएको आन्दोलनमा पनि बगे्रल्ती प्रश्नहरु छन । पहिचानका यी बहु–आयामिक प्रश्नहरुको अर्थपूर्ण जबाफ आउनु पर्छ । पहिलो त कोसी खारेजीको मुद्धामा यहाँका रैथाने सामुदायिक (जातीय, सांस्कृतिक) संघ, संस्था र क्षेत्रीय राजनैतिक दलको मतैक्यता छ । तर कथम् कोसी खारेज (यति सहजापूर्वक खारेज भए अर्को आश्चर्य हुनेछ) भएपछि कुनै एक पहिचानजनित नामाकरण हुनेमा ठूलो मतभिन्नता हुनेछ ।

यो भूगोलमा राष्ट्रिय पहिचान सन्दर्भका दुई ठूला आन्दोलन थिए, छन । पहिलो स्वशासनयुक्त लिम्बुवानको राजनैतिक आन्दोलन दोस्रो सभ्यतासंग जोडिएको किरात पहिचानको आन्दोलन हो । अहिले तिनै दुइ आन्दोलन एकाकार भएको हो । सत्ताले यिनै दुई ठूला आन्दोलनमा खेलेर अहिलेसम्म ’फुटाएर राज‘ गरिरहेको हो । यस्तो नहुँदो हो त पहिलो प्रदेशसभाले पहिचानमा आधारित नामाकरण गर्ने सम्भावना मधेसमा जत्तिकै बलियो थियो । अब पनि मूख्य यिनै दुइ आन्दोलनका बीचमा विभाजन कोरिन्न भन्ने भरपर्दो सूत्र अगाडि आइसकेको छैन ।

लिम्बुवानसम्बद्ध संस्था र राजनैतिक संगठनले ‘लिम्बुवान–किरात‘ पहिचानको आधारमा यसअघि नै प्रस्ताब गरेका हुन । तर किरातसम्बद्ध संस्थाले ‘किरात’ पहिचान बाहेक वा किरातसंग गाँसिएर आउने नाममा सहमति आजका मितिसम्म दिएका छैनन् । लिम्बुवानजन्य संस्थाले ‘किरात’ शब्द अगाडि राखेर ‘किरात–लिम्बुवान’ सहजै स्विकार्लान । तर, किरातजन्य संस्थाले किरात वरपर गर्ने र नाम सुन्ने संकेतसम्म ल्याएको छैन । यता ‘किरात‘ मात्र प्रस्ताब गर्दा लिम्बुवानको राजनैतिक आन्दोलनको भविष्य र औचित्यमाथि प्रश्नै–प्रश्नै उठ्ने छन् । यी सब प्रश्नको हल नभइ पहिचानको आन्दोलन अनन्त यात्रामा जाने निश्चित छ ।

हुनतः संक्रमणको यो बेला कोसीको विकल्प किरात नामाकरण गर्नु मात्र पनि अग्रगामी नै हुनेछ । यो प्रस्थान बिन्दूबाट अन्य पहिचानलाइ पनि संस्थागत गर्ने बाटो खुल्ने नै छ । तर, सबैभन्दा उत्तम यहाँ अस्तित्वमा रहेका सबै पहिचानजन्य नामाकरणलाइ एकै पटक सम्बोधन र प्रस्ताब गर्नु उचित हुनेछ । जतिनै लामो नाम जस्तै किरात–लिम्बुवान–कोच आदि भएपनि ।

रहलपहलः
ढिलो चाँडो राजनैतिक आन्दोलनको मागमुद्धा राजनैतिक सम्बोधनबाट गर्नुको विकल्प छैन । लोकतन्त्रमा गणित प्राविधिक विषय हो । गणितलाइ सिद्धान्त बनाइयो भने त्यसले लोकतन्त्रको रक्षा गर्न सक्तैन । विवादित कोसी प्रदेशको पुनःनामांकन नगर्दा प्रदेशको राष्ट्रियता पनि कमजोर बनाउने छ । यस्तो बेला मेरो गोरुको बाह्रै टक्का गरियो भने त्यसले ल्याउने परिणाम बिडम्बनापूर्ण हुन सक्छ । यो निर्वाचनको परिणाम चाहे जस्तो सुकै आओस । तर पहिचानले राजनैतिक मान्यता पाइसकेको हुनेछ । निर्वाचनमार्फत जनअनुमोदन पनि प्राप्त ग¥यो भने अबको राजनैतिक विचारमा सुगन्ध थपिनेछ । आउने राष्ट्रिय राजनीतिको मुद्धा नै सामुदायिक स्वशासन र पहिचानको हुनेछ । अतः हलो काटी मुङ्ग्रो बनाउने काम कतैबाट गर्नु हुन्न ।

 

images
प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - ०६:४८:१३ बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology