Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनकल्याण माविले मनायो ७१औं वार्षिकोत्सव

जनकल्याण माविले मनायो ७१औं वार्षिकोत्सव

दैनिकी न्यूज

३०, बैशाख २०८१
जनकल्याण माविले मनायो ७१औं वार्षिकोत्सव
images

काठमाडौं । वौद्व महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयले ७१औँ वार्षिकोत्सव शनिवार मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन संसदको अर्थ समितीका सभापति सन्तोष चालिसेले गरे ।

95af81cc-41fa-4716-b9ed-76dd708d84b6.jpeg

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति चालिसेले नेपालबाट विदेश जाने विद्यार्थी संख्या बढिरहेकोले यसलाई कम गर्नतर्फ सरोकारवालाहरुले बढी चासो दिनुपर्ने बताए । खाडीलगायत विभिन्न देशमा रोजगारको लागि जानेहरुले नेपालमा रेमिट्यान्स भित्र्याए पनि पढ्न जाने विद्यार्थीहरुबाट राज्यलाई कुनै किसिमको फाइदा नभएको उनको भनाई छ । त्यसकारण अब नेपालमा गरिखाने किसिमको शिक्षा आवश्यक रहेको सभापति चालिसेले औल्याए । ‘विदेश जाने विद्यार्थीको लर्को छ, तर रोक्ने प्रयास भएको छैन, आजको शिक्षाले मुलुक अघि बढ्दैन, यो गरिखाने किसिमको छैन, त्यसैले मुलुक सुहाउँदो र गरिखाने शिक्षा चाहिन्छ । उपत्यकाभित्रको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्ने यस विद्यालयले व्यावहारिक, गुणस्तरीय, प्रविधिमैत्री र नियमित पठनपाठन गराउदै आएको छ । विद्यालयले पठनपाठनको गुणस्तरीयतामा ध्यान दिएकोले विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र प्रधानाध्यापकको मिहिनेतका कारण विद्यालय अब्बल बनेको विद्यालयका सूचना अधिकारी सुरेशकुमार कटुवालले बताए ।

f4fa7c02-17db-42d0-89ef-f042f48b7d24.jpeg

विद्यालयका निमित्त प्रधानाध्यापक दिपकबाबु श्रेष्ठले विद्यालयको भौतिक सुधारसँगै पढाइमा सुधार ल्याउन सकिएको बताउदै आगामी दिनमा शिक्षाको गुणस्तर थप राम्रो पार्ने बताए । उनले वि।सं २०१० सालदेखि सरकारी शिक्षा प्रणालीमा जनकल्याणले प्रभावकारी भूमिका निभाउँदै आएको बताउँदै वर्तमान अवस्थामा यस विद्यालयको शैक्षिक सुधारमा धेरै परिवर्तन आएको बताए । शैक्षिक गुणस्तरमा चासो दिने हो भने सरकारी विद्यालय पनि निजीभन्दा अब्बल हुन सक्ने उनको बुझाई छ।

dfc97a85-0cb5-4f32-8c42-60a9a6e002e1.jpeg

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, भूतपूर्व शिक्षक तथा विद्यार्थी, स्थानीय जनप्रनिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, पूर्वशिक्षक, समाजसेवी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गरेको थियो । कार्यक्रममा विद्यालयद्धारा प्रकाशित प्रयास पुस्तक पनि विमोचन गरिएको छ ।

391c00e9-a2cf-40f2-971e-a02056a9d22c.jpeg

b0af2f0c-cdc8-44d5-8bb2-0e8ccd591c79.jpeg

images
प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - ०६:४१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology