राजीव श्रेष्ठ/काठ्माडौँ उपत्यकामा अचेल बिहान सखारै मर्निँग् वाक जाने चलन ह्वातै बढेको छ।शहरका गल्ली, गल्छेडों, कुना- काप्चा जताततै यस्ता डुलुवाहरु लावा लस्करका साथ निस्केका भेट्टिन्छन।हिड्नु स्वास्थ्यका लागि राम्रो कुरा हो।यसमा कुनै दुईमत हुन सक्दैन। तर, विडम्ब्नाको कुरो के छ भने यी बिहान तिनै बजेदेखि अर्काको टोल बस्ती चहार्दै हिड्नेँ समूहको उद्देश्य स्वास्थ्य सपार्नु भन्दा बढि मनोरञंन गर्नु देखिन्छ।

हाम्रो देशको विशेषता नै मान्नुपर्छ कि हाम्रा नागरिकहरु अरुको स्यानो गल्ति खुट्याउँदै लोकलाजको ढोल पिटछन तर आफ्नो आचरण र सिभिक सेन्स अर्थात नागरिक चेतनामा रतिभर सुधार ल्याउँनन।उसै त बुहारी, त्यसमाथि भट्मास खाएकी भनेझैं यी बटुवा महाशयहरु के के न ठुलै मिशनमा निस्के जस्तैगरी खैलाबैला गर्दै हिड्छन।कोहीं आफै सासँद हुँ भनेझै नयाँ मन्त्रीमण्डलमा को को समेटिन्छन आदि ईत्यादि
चर्चा गर्दै हिडंछ्न।कोहीचाहिं लाटो देश्को गाँडो तन्नेरी भनेझैं कुनि कुनचैं योगाभ्यासमा हुँ हुँ हुकाँर गर्दै लम्कन्छन। अधबैंसे आईमाइहरु राती सुतेको नाईटी वा म्याक्सीमै भाले हराएका पोथी कुखुरीका झुण्ड झैं च्याँउच्याँउ गर्दै हिड्छन।यतिमात्र कहाँ हो र? कोही माईका लालहरु त आफ्नो मोबाईलको उच्चतम भोल्यूममा गीत, सगींत, भजन र समाचार दूनिँयामा उनकै मात्र मोबाईल सर्वोतम राम्रो जसैगरी दायाँ हातमा उचाल्दै कुद्छन। यी दमदार डुलुवालाई छुने हिक्मत कस्को? बाटो छेउमा घर भएका बिचरा घरधनीले हल्ला नगरिकन हिड्नोस न स्यानो वालक बिरामी परेर बल्ल सुतेको छ वा घरमा ह्रदयरोगी बूढा बाआमा छन्, डिस्टर्व हुन्छ भनी आग्रह गर्यो कि उल्टो तेरो वाउको बाटो हो भ्न्दै निम्नस्तरको गालीमा धम्क्याउँछ्न। बाच्नुँमात्र पर्छ के के देख्न पाईन्छ भनेको त्यसै हैन रहेछ।तपाई बिहानै येसो कुनै टोलबस्तीको सडक किनार उभिएर हेर्नोस्, यी वाकरहरुको हर्कत देखेर निराश पर्नुहुनेछ। केहीं त अझ एककदम अघि बदेर अर्काको छोरी-बुहारिलाई साईड हान्न पनि पछि पर्दैनन। ताजुबको कुरा त के हो भने सफा चिल्लो कालोपत्रे सडक छेत्र त देख्नै हुन्न्, यी बटुवाहरु कोभिडको प्रकोप बिर्सिएर बाटोभरि थुक्दै हिड्छ्न।
हिंडाइ शरिरको लागि सबैभन्दा राम्रो व्यायाम हो।तथापि हिंडने पनि तरिका हुन्छ।मेडिकल साईन्सका विज्ञहरुका अनुसार दिनको करिव नौ हजार पाइला अर्थात आठ किलोमिटर हिंड्नु जरुरी हुन्छ।मनोचिकित्सक अर्चना पोखरेल, चितवन मेडिकल कलेजका डाक्टरका भनाइमा व्यायामका रुपमा हिंडदा चूपचाप एक्लै हिंडनु पर्छ।अथवा सरल जगिँग गर्दै लामो दूरी तय गर्नुपर्छ जसले गर्दा मानसिक तथा शारिरीक सन्तुलन कायम गर्छ।सकेसम्म शान्त वन,पार्क वा एकान्त ठाउँतिर हिंडदा ध्यान गरेको जतिकै फाईदा हुन्छ।
टोलबस्तीमै हिंडेपनि शान्त तवरले हिँडदा सभ्य नागरिक होईन्छ। होहल्ला गर्दै हिंड्नु पाखण्डपनको पराकास्था मात्र हो। हाम्रो समाजले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कडि के हो भने आफ्नो सुविधा र अधिकारका निमित अरुको अधिकारमा कहिल्यै खलल पुर्र्याउनु हुदैँन।हल्लाखोरि वाकरहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ्?