Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

दैनिकी न्यूज

१३, आश्विन २०८१
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
images

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आजदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ।

भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको मन्त्रालयले जनाएको छ, कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको गरेको छ ।

साथै बैठकले हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ। मन्त्रालयले सोही अनुसार गर्न समेत अनुरोध गरेको हो। विपदबाट शैक्षिक क्षेत्रमा सिर्जित कुनै पनि प्रकारका समस्याका बारेमा मन्त्रालयका निम्नलिखित सम्पर्क नम्बरमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ०७:४२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology