Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार

सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार

दैनिकी न्यूज

१८, आश्विन २०८१
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
images

काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरु, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरु, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ताहरु तथा समग्र इन्जिनियरिङ विषयका विद्याथीहरुको ठुलो ंसंख्यामा उपस्थिति रहेको थियो ।

सेमिनारमा उपस्थित विक्षाविदहरु त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौ विश्वविद्यालयका प्राडा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञहरु विच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवद्र्धन विचको खाडललाई कम गर्ने सम्बन्धमा बृहत्तर छलफल गरिएको थियो ।

कायक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरुमा इन्जिनियरिङ सेवा र नवप्रवद्र्धन र इन्जिनियरिङ शिक्षा विचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजना गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि नेपाल इन्जिवनयररङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तराष्टिय मान्यताका भइराखेका गविविधिकाबारेमा जानकारी दिंएका थिए ।

एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्ंचालनमा ल्याएको स्नातकोतर कार्यक्रम एमई कम्प्युटर इन्जिनियरिङ संचालन गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीहरुका लागि थेसिस सहित दुई वर्षमा पढाई सक्ने गरी विशिष्ट कार्ययोजना प्रस्तुत गरेका थिए । प्राचार्य इ. बिरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सहप्राचार्य इ.रजिन लामाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - ०६:४५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology