Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नगरकोटमा नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक

नगरकोटमा नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक

दैनिकी न्यूज

१, चैत्र २०८१
नगरकोटमा नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक
images

काठमाडौं । नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक सुरु भएको छ । शुक्रबार भक्तपुरको नगरकोटस्थित होटल मेरीगोल्डमा चौंथो बैठक शुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकको सभापतित्व जिल्ला अध्यक्ष अमृत खड्काले गरेका छन् । बैठकमा उनले छलफलका बिषयहरु प्रष्ट पारेका थिए । बैठकमा नवगठित नेशनल प्याव्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने प्रमुख अतिथिका रुपमा उपस्थित छन् । त्यसैगरी कार्यक्रममा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव प्रकाश खड्का, कोषाध्यक्ष खडक बहादुर बस्नेत, उपमहासचिव जीवी खड्का, सचिव वेद पन्त तथा मनोज कुमार श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डि.एन. महतो सहभागी छन् । बैठकमा काठमाडौं जिल्लाले प्रकाशन गरेको वार्षिक शैक्षिक क्यालेन्डरसमेत विमोचन गरिएको छ ।

बैठकमा पालिकाको साँगठनिक तथा आर्थिक प्रतिवेदन, जिल्लाको वार्षिक कार्य योजना, परीक्षा, तालिम तथा प्रशिक्षण, वैदेशिक भ्रमण, संगठन विस्तार जस्ता बिषयमा घनिभुत छलफल गरी शैक्षिक बर्ष २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्नमा यो वैठक प्रभावकारी रहने जानकारी गराइयो ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - २०:३७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology