Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्थलगत रिर्पोटिङ: राजमार्गमा घर फर्कने पैदल यात्रुको विचल्ली

स्थलगत रिर्पोटिङ: राजमार्गमा घर फर्कने पैदल यात्रुको विचल्ली

रामहरि कार्की

५, बैशाख २०७७
स्थलगत रिर्पोटिङ: राजमार्गमा घर फर्कने पैदल यात्रुको विचल्ली
images

काठमाडौं । समय दिउँसो २ बजे । सधै व्यस्त रहने विपि राजमार्ग सुनसान छ । सडकभरी सवारीको लस्कर त छैन तर मानिसहरुको ओहोर दोहोर भने निकै बाक्लो छ । कोही सडकको डिलमा थकान मार्दै छन् । कोही गन्तव्य पछ्याउन पाइला लम्काईरहेका छन् । पैदल यात्रुहरुको दृश्य हेर्दा उनीहरु कुनै टाढा साइत गरेको भान हुन्छ । लकडाउनको बेला सिन्धुलीको विपी राजमार्गमा देखिएको दृश्य हो यो ।

सरकारले चैत्र ११ देखि लकडाउन गरेपछि उद्योग र मजदुरले काम गर्ने क्षेत्रहरु सबै बन्द भए । काम गर्ने ठाउँ बन्द भएपछि उनीहरुको विकल्प गाउँ नै भयो । सरकारले लकडाउन गर्दै सवारीसाधन ठप्प पारिरहेको बेला काठमाडौंमा डेरा गरी बस्ने सबै असंगठीत क्षेत्रका मजदुरहरुले पाउनु दुःख पाए । काठमाडौंबाट हिडेरै लामो दुरीको यात्रा पूरा गर्ने अठोटसहित उनीहरु घर फर्कन थाले । यतिबेला देशभरका लामो दुरीका सडकमा सवारी साधन कम गुडेका छन् । तर विचल्लीमा परेर घर फर्कने यात्रुहरुको संख्या भने बाक्लो छ ।

पात्र १– सरकारले उनीहरुलाई घरसम्म पु¥याउने कुनै बन्दोबस्त गर्न नसकिरहेको बेला मजदुर २/३ सय किमीसम्मको लामो दुरीको पैदलयात्रा गर्न बाध्य भएका हुन् । ‘डेरामा बसेर खान सकिने अवस्था भएन, काम गर्ने सबै क्षेत्रहरु बन्द भए, त्यसपछि घर फर्कनुको विकल्प नै भएन,’ नेपालथोकमा भेटिएकी ओखलढुंगाकी सावित्रा कार्कीले सुनाइन, ‘काठमाडौंदेखि ३ दिनको यात्रामा यहाँसम्म आइयो, अझै कति समय लाग्ने हो घर पुग्न ।’

पात्र २– काठमाडौंदेखि महोत्तरीको यात्रा तय गरेका महोत्तरीका ऋषिकेश थापालाई पनि कहिले घर पुगौंला भन्ने भइरहेको छ । काठमाडौंदेखि हिडेर दुई दिनमा उनी काभ्रेको मंगलटारमा पुगेका छन् । उनलाई यहाँबाट महोत्तरी पुग्न अझै कति दिन लाग्ने हो थाहा छैन । हिड्दै जादा पुगिएला भन्ने आसमा उनी रातदिन पैदल यात्रा गरिरहेका छन् । उनी भन्छन्, ‘काम गरेर आम्दानी हुने क्षेत्र बन्द भयो, कोठामा बसेर पनि खान सकिएन, त्यसपछि हिडेरै भएपनि घर पुग्न सकिएला भन्ने लाग्यो ।’ उनले यात्राको बेला चाउँचाउँ र पानी खाएको सुनाए ।

ud1.jpg

पात्र ३– सर्लाही हिडेका श्याम रजक पनि खाली सकडमा लामा पाइला सार्दै छन् । भिर्ने झोलामा लुगोफाटो कोचेर उनी घर फर्कदै छन् । केहीबेर उनलाई पछ्याउदा उनका पाइलासँगै हिड्ने मुस्किल प-यो । हामीलाई देखेपछि उनी अलि सुस्तरी हिड्न थाले । केही पर पुगेपछि एउटा चौतारो जस्तो आयो । श्याम त्यही चौतारोको एक रुखमा आड लगाए । लामो यात्राको थकाईले हो उनी लामो लामो सास फेर्दै थिए । हामीपनि केहीबेर त्यही बस्यौं । केहीबेर उनीसँग कुराकानी भयो । श्याम काठमाडौंको एक इटा कारखानामा काम गर्थे । लकडाउनपछि बन्द भयो त्यसपछि उनी गाउँ फर्कन खोजेका रहेछन् । ‘काम बन्द भइहाल्यो, कहाँ बसेर खाने, साहुँले पनि काम दिन सक्दिनँ भने,’ उनले सुनाए, ‘त्यसपछि गाउँ फर्कनुको विकल्प नै भएन ।’

ud2.jpg

लकडाउनको बेला पैदल यात्राकै भरमा गाउँ फर्कन हिम्मत राखेर पैदल यात्रा गरिरहेका केही यात्रहरुको अवस्था हो यो । अरुबेला सवारीसाधनबाट पनि यात्रा गर्न पट्यार लाग्ने सडकमा अहिले मजदुर र विपन्नहरु सकिनसकि यात्रा गरिरहेका छन् । काठमाडौंदेखि पूूर्वतर्फ हिडेका सबै यात्रुहरुलाई प्रहरीले नेपालथोकमा रोकेको थियो । प्रहरीले सामान्य चेकजाच गरेर पठाउने भन्दै उनीहरुलाई रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रहरी निरीक्षक शान्ता वाइवाले बताइन् । उनले लकडाउनको बेला लामो दुरीका सडकहरुमा मजदुरहरुले दुःख पाइरहेको जानकारी दिइन् । ‘लकडाउनका कारण सर्वसाधारण मजदुर पैदलै हिँडेर तराइ झर्ने क्रम ह्वात्तै बढेको छ, उनीहरूको व्यवस्थापनमा हामीले चासो दिइरहेका छौं,’ उनले भनिन्, ‘यस्तो बेला राजमार्गमा थाकेर ढलेका, गलेका, भोकभोकै भेटिन्छन्, उनीहरुलाई हामीले सक्दो सहयोग गर्छौ ।’

sha.jpg

उनले प्रहरीले केही पैदल यात्रीलाई उद्धार गर्ने कार्य गत दश दिनदेखि जारी राखेको जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म प्रहरीले ३ हजार भन्दा बढी यात्रुलाई उद्दार गरेको छ ।

सिन्धुलीको बाटो हुँदै पहाडी जिल्लाहरु ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, सोलुखुम्बु, रामेछाप उदयपुर जोड्ने मध्यपहाडी राजमार्ग हुँदै यात्रा गरिरहेका छन् । सुनकोसी गाउँपालिकाले यसरी अलपत्र परेका र पैदल यात्रा गरिहरहेका यात्रुहरुको लागि खानेकुराको व्यवस्था गरेको थियो । गाउँपालिका अध्यक्ष दीपा बोहोराले अलपत्र परेकालाई सक्दो सहयोग गरेको जानकारी दिइन । ‘हामीले सकेसम्म उनीहरुलाई सहयोग गरेका छौं,’ उनले भनिन, ‘जे सवारीसाधन भेटिन्छ त्यसैमा पठाएका छौं ।’

kha.jpg

उनीहरुको ज्वरो मापन गर्ने र मास्क वितरण गर्ने जस्ता कार्य गरेको थियो । अलपत्र परेका यात्रुलाई प्रहरीले नेपालथोकमा उभ्याएर राखेर गाडिको व्यवस्था गरी पठाएको थियो । प्रदेश सांसद राजन दाहालले पनि आफूहरुले अलपत्र परेका मजदुरहरुलाई सक्दो सहयोग गरेको बताए । ‘हाम्रो क्षेत्रमा भेटिएका मजदुरलाई हामीले जुन सवारीसाधन भेटिन्छ त्यसैमा राखेर गन्तव्यसम्म पठाएका छौं,’ उनले भने ।

hel.jpg

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - २०:१८:२२ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology