Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

दैनिकी न्यूज

३२, श्रावण २०७७
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाए ।

यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ । रासस

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - २०:५५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology