Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शैक्षिक सत्र खेर जान नदिइने

शैक्षिक सत्र खेर जान नदिइने

दैनिकी न्यूज

१, भाद्र २०७७
शैक्षिक सत्र खेर जान नदिइने
images

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ ।

शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो ।

यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरु गरेको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एक अर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - ०७:५२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology