Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति

दैनिकी न्यूज

१०, भाद्र २०७७
‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति
images

म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलेको छ।

गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडिओ बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य बाहिर आएको हो।

विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो। पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।

परीक्षा हुनुभन्दा तीन घण्टाअघि विद्यालयका प्रअ श्रेष्ठले कार्यकक्षमै बोलाएर परीक्षामा औपचारिकताका लागि मात्र सहभागी भएर बानियाँलाई नियुक्ति हुने वातावरण बनाउन आग्रहपूर्ण शैलीमा धम्की दिएको र शिक्षक बानियाँले अहिलेसम्म पनि ‘टर्चर’ दिएको खत्रीले बताए।

अडिओ रेकर्डमा ‘बानियाँलाई शिक्षक नियुक्त गर्ने वातावरण बनाएर सहयोग गरिदिन’ आग्रहको भाषा कुराकानी सुरू गरेका श्रेष्ठले परीक्षामा सहभागी भएर शिक्षक नियुक्त भए पनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने’ भन्दै धम्कीको भाषा प्रयोग भएको छ।

प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहनाअनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगतदेखिको नजीर रहे पनि आवेदन दिन र परीक्षामा सहभागी हुनबाट कसैलाई वञ्चित नगरिएको बताए तर शिक्षासम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिक विद्यालयमा भएको अभ्याससँग मिल्ने नीतिगत व्यवस्था छैन।

बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, विषयविज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परीक्षाको नतिजामा बढी अङ्क प्राप्त गरेको आधारमा भएको सिफारिसअनुसार बानियाँलाई शिक्षक नियुक्ति गरिएको व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए। प्रतिरोधको भावनाले विद्यालयलाई बदनाम गर्न यो विषय उठाइएको कार्कीको गुनासो छ । रासस

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १४:४६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology