Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षकलाई विद्यालय पुग्न निर्देश, तत्काल विद्यालय नखोलौँ

शिक्षकलाई विद्यालय पुग्न निर्देश, तत्काल विद्यालय नखोलौँ

दैनिकी न्यूज

११, आश्विन २०७७
शिक्षकलाई विद्यालय पुग्न निर्देश, तत्काल विद्यालय नखोलौँ
images

काठमाडौँ  । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताउनुभयो ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताउनुभयो । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उहाँको भनाइ छ । अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न उहाँले आह्वान गर्नुभयो ।

सरकारले न्यूनतम शुल्क लिन सक्ने गरी निजी विद्यालयलाई बाटो खोलिदिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले स्थानीय तहसँगको समन्वयमा शुल्कको विषय कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । न्यूनतम सिकाइको सुनिश्चितता गर्दै समयमै शैक्षिक सत्रको सदुपयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणको कारण देखाउँदै विश्वका कतिपय मुलुकले शैक्षिक सत्र नै अगाडि नबढाउने घोषणा गरे शिक्षकलाई विद्यालय।।।

पनि नेपाल सरकारले भने विद्यार्थीको पढ्न पाउने हकको सम्मान गर्दै समय खेर जान नदिने प्रयासमा जुटेको उहाँले बताउनुभयो ।

तत्काल विद्यालय नखोलौँ
मन्त्री पोखरेलले कोरोना सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्ने कुरामा हतार नगर्न आग्रह गर्नुभयो । कात्तिकसम्म कोरोना सङ्क्रमण बढ्ने अवस्था देखिएकोले तत्काल भौतिक रूपमा विद्यालय खोल्न हतार नगर्न र वैकल्पिक विधिबाटै सिकाइ बढाउन उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कक्षा १२ को परीक्षा छिट्टै
कक्षा १२ को परीक्षा छिट्टै गर्ने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । यस विषयमा मन्त्रिपरिषद्मा कुराकानी चलिरहेको जनाइएको छ । कुनै न कुनै रूपमा परीक्षा लिएर कक्षा १२ का विद्यार्थीको परीक्षा पार लगाउन योजना भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०६:४८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology