Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

दैनिकी न्यूज

२१, मंसिर २०७७
त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम।फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम।फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिनुभयो । पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिन पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन । तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ । जुम प्रविधिबाट गर्न व्यावहारिक हिसाबले समस्या भएका कारण फरक खालको मोडालिटीमा कार्यक्रम गर्ने योजना बनाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।

विश्वविद्यालयले दीक्षान्त समारोह त्रिविकै केन्द्रीय परिसरको भवनमा गर्ने भएको छ । यसअघि धेरै विद्यार्थी सहभागिता हुने भएकाले त्रिविको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परिसरमा दीक्षान्त समारोह गर्ने गरिएको थियो । त्रिविको गत वर्षको दीक्षान्त समारोह पनि सोही परिसरमा गरिएको थियो जसमा १० हजार ३८४ जनाले दीक्षान्तमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०५:०१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology