Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित

दैनिकी न्यूज

२९, मंसिर २०७७
स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।

विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको छ । काठमाडौं उपत्यका बाहिरका धेरै परीक्षा केन्द्रमा होमसेन्टर दिइएको र विद्यार्थीले परीक्षाको तयारीसमेत गर्न पाएका कारण विद्यार्थीको सहभागिता बढेको नियन्त्रक जोशीले जानकारी दिए ।

यसले आफूहरूलाई उत्साहित बनाएको उनको भनाइ छ । यसपटक विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा गर्ने निर्णय गर्दै परीक्षा केन्द्रसमेत बढाउने निर्णय गरेको थियो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०७:४९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology