Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षकले अन्तर जिल्ला सरूवा बन्द !

शिक्षकले अन्तर जिल्ला सरूवा बन्द !

दैनिकी न्यूज

२१, पौष २०७७
शिक्षकले अन्तर जिल्ला सरूवा बन्द !
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।

केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ।

‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ।

शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरूवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको छ ।

केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्।

 

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०९:२९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology