Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शैक्षिक सत्र सर्ने, कहिले हुन्छ एसइई परीक्षा ?

शैक्षिक सत्र सर्ने, कहिले हुन्छ एसइई परीक्षा ?

दैनिकी न्यूज

२, फाल्गुण २०७७
शैक्षिक सत्र सर्ने, कहिले हुन्छ  एसइई परीक्षा ?
images

काठमाडौं । सरकारले शैक्षिक सत्र सार्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र सारेर जेठमा पुर्‍याउने तयारी गरेको हो । शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ। कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना सार्न लागिएको हो ।  

यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ।  

शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुनेछ।  

माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले पुरानै ढाँचाअनुसार गर्ने निर्णय गरेको थियो। गत वर्ष कोरोनाका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट भएको थियो। अब भने एसईईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरेरै गर्ने तयारी छ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - २२:५८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology