Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द

दैनिकी न्यूज

७, बैशाख २०७८
यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द
images

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदले कोरोनाबाट अति प्रभावित भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा संचालित शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।

बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुने शहरी क्षेत्रहरु काठमाडौं, ललितपुर, भक्तपुर, बिराटनगर, बिरगन्ज, भरतपुर, पोखरा, इटहरी, धरान, जनकपुर, बुटवल, घोराही, हेटौंडा, तुलसी, नेपालगन्ज, धनगढी, मेचीनगर, बिर्तामोड, दमक, रानबिराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, बिरेन्द्रनगर, भीमदत्तनगर रहेका छन्।

यी क्षेत्रमा संचालित सबै स्कुल, कलेज, कोचिङ सेन्टर, ट्रेनिङ सेन्टरलगायत सबै बन्द हुने भएका हुन्। 

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०६:३९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology