काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
परीक्षा संचालन भइरहेका बेला कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएकाले परीक्षक्षा स्थगित गरेको त्रिविले जनाएको छ।
यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।